जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजको मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना

देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर ( नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ। हाल देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।