जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आइतबारको साप्ताहिक विदा खारेज , असार १ गतेदेखि लागु गरिने

असार १ देखि आइतबारको साप्ताहिक विदा कटौती गर्ने सरकारको निर्णय

२३ जेठ २०७९ काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेर एक दिन कायम गरेको छ।

सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक बिदा खारेज गरेको हो ।आज बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी आइतबारको साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदै आएको थियो ।

तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।