जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आँबुखैरेनीमा भासिएको सडक एकतर्फी खुल्ला , ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।  सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ ।

यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ । विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ ।

सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार,  ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।