जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

असार ४ देखि हेमजा गोल्डकप

जन्मभुमि खबर ,
पोखरा ।

हेमजा युनाईटेडको आयोजनमा “छैटौं नेपाल आईस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप २०७९ नकआउट फुटबल प्रतियोगिता ” हुने भएको छ । सो नकआउट फुटबल प्रतियोगिता अषाढ ४ देखि ११ गतेसम्म हेम्जा स्थित गौरीशंकर खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा आयोजक हेमजा युनाइटेड सहित नेपालका उत्कृष्ट ए श्रेणी एंव मोफसलका क्लबहरु विरगंज युनाइटेड, खुमलटार युवा क्लब, बाग्मती युवा क्लब, चर्च ब्वाइज एफसी, कालिका स्पोर्टस एकेडेमी, एभनियर एफसी डाउला र एएफपी एफसी गरि आठ टिम रहने छन ।

प्रतियोगिताको विजेताले नगद रु ६ लाख सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएको छ । त्यस्तै उप–विजेतालेरु ३ लाख सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु ५० हजार, सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार, म्यान अफ द म्याचले नगद रु ३५ हजार, फेयर प्लेयर पुरस्कार नगद रु २५ हजार र पाँच विधामा उत्कृष्ट हुनेले जनही नगद रु २०–२० हजार सहित ट्रफी प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।