जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा

बाढीपहिरोले अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा आएको छ ।

आज बिहानदेखि डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदिपुरनजिकै सडक अवरुद्ध भएको थियो । एक्साभेटरले ढुंगा–माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिरोको जोखिम भने कायम रहेको उनको भनाइ छ । सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । रासस