जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती मागेको आरोपमा एकजना पक्राउ

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती मागेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी, राजगढ गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा छन् ।

प्रहरीका अनुसार उनी असार १ गते घर परिवारलाई रकम पठाउन जान्छु भनी डेरा कोठाबाट हिँडेका थिए । घरबाट हिँडेका उनी एक्कासि मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए । खोज गर्दा उनी फेला नपरेपछि प्रहरीमा खोजीका लागि आफन्तले निवेदन दिएका थिए ।

तर, असार २ गते उनले प्रयोग गर्ने सामाजिक सञ्जाल इमोबाट परिवारलाई परिवारलाई कृष्णकुमार शर्मालाई अपहरण गरेको र उनलाई मार्नको लागि आठ लाख प्राप्त भइसकेको र बीस लाख फिरौती रकम दिएमा अपहरण मुक्त गरिदिने सन्देश आएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीलाई खबर गरेमा र दुई दिनभित्र भने जति रकम नदिएमा मारिदिने धम्कीपूर्ण म्यासेज र अपहरण परेको भिडियो क्लिपसमेत पठाइएको थियो ।

महानगरीय अपराध महाशाखाले घटनाबारे मोरङ प्रहरीको समन्वयमा  अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा घर परिवारलाई डर–त्रास देखाई दबाब दिन नियोजितरूपमा आफूलाई नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुलेको छ ।

उनलाई आइतबार विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्र्याइँ कसुरमा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।