जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अडियो काण्डमा मुछिएका तिन जनालाई पार्टीबाट निलम्बन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण बहादुर थापालाई हराउन योजना बनाएको आरोपमा तिन जनालाई निलम्बन गरिएको छ। नेकपा एमाले जिल्ला कमिटी कास्कीले स्थानिय तहको निर्वाचनमा पार्टीको हित विपरीतका कार्य गरेको आरोपमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्यलाई कारवाही गरिएको हो।

उनीहरूले निर्वाचनका बेला एमालेबाट मेयरका उम्मेदवार बनेका थापालाई हराउन योजना बनाएको अडियो सार्वजनिक भएको थियो। निर्वाचनमा नेकपा एमालेको स्थाइकमिटी सदस्य खगराज अधिकारी निकटका मेयर उमेदवार थापालाई हराउन पार्टीका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ निकटका समूहका तीन जना लागिपरेको अडियो सार्वजनिक भएको थियो।

पार्टीका उमेदवार थापालाई पराजित गर्ने योजनामा संलग्न भएको आरोपमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका तिन जनालाई जिम्मेवारीबाट निलम्बन गरिएको नेकपा एमाले कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए।

पार्टीका उमेदवार विरुद्धको षड्यन्त्रमा लागेको आरोपमा पोखरा–२१ का संगठित सदस्य रहेका मनोज पहारीलाई पार्टी सदस्यबाट निलम्बन गरिएको छ। वडा नं. ३३ का वडा कमिटीका उपाध्यक्ष महेश अर्याललाई जिम्मेवारीबाट पद मुक्त गदै पार्टीको संगठित सदस्यबाट समेत निलम्बन र अर्का पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरिएको अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

स्थानिय निर्वाचन २०६९ को सिलसिलामा पोखरा महानगरपालिकाको निर्वाचनसँग जोडिएका अनेकौँ विषयका बारेमा नेकपा एमाले कास्कीले मसिनो गरी अध्ययन गरेको उनले उल्लेख गरेका छन्। पार्टी विधानको धारा ८० अनुसार अनुशासन उल्लघंन गरिएको ठहर गदै धारा ८१ बमोजिम कारवाही पक्रिया अगाडी बढाइएको गुरुङले विज्ञप्तिमा उल्लेख गरेका छन्।