जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अटेरी अभियानले सम्झाए मेयर धनराज लाई चुनावी वाचा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकामा दलीय गठबन्धनका उम्मेदवार भई विजय हात पारेका मेयर धनराज आचार्यलाई  अटेरी अभियानले आज चुनावी वाचा सम्झाएका छन् ।

निर्वाचनमा प्रतिद्वन्द्वी रहेको अटेरीले चुनावी वाचालाई बुँदागतरुपमै पेश गर्दै निर्धारित समयमै पुरा गर्न शुभकामनासमेत दिए । ‘यो सुझावमूलक मायाको चिनो हो’ अटेरीले भनेको छ ।

मेयर आचार्यले चुनावताका १ वर्षभित्र पुरा गर्ने कामलाई पौडेलले फेहरिस्त उतारेर दिएका हुन् । जसअनुसार पहिलो वाचा पुरा गर्ने डेटलाइन भदौ १२ गते हो । आचार्यले पदबहालीको १ महिनाभित्र महानगरमा ‘मुभलेस सेवा’ सुरु गर्ने बताएका थिए ।

यस सेवाअन्तरगत सेवाग्राहीलाई कोठा चाहर्न नपर्ने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने उल्लेख छ । अटेरी अभियान आगामी प्रदेश र संघको निर्वाचन तयारीमा समेत जुटेको छ ।