जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

द्रूतमार्ग निर्माणमा लोडर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु

मकवानपुरमा लोडर पल्टिँदा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेकाे छ । यसअघि दुई जनाकाे ज्यान गएकाे थियाे । ज्यान गुमाउने तीनै जना चिनियाँ नागरिक रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयाे ।

बकैया गाउँपालिका ११ जितपुर भञ्ज्याङमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन फास्ट ट्र्याक (द्रुतमार्ग) मा काम गरिरहेकाे लोडर सिमात खाेलामा खसेकाे थियाे । निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरूको ज्यान गएको हो ।

लाेडरमा ६ जना रहेका थिए । घाइते तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।