जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जामा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान : एक घाईते

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।

खुकुरी प्रहारबाट नारायण हिस्कीमगर घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले पुष्टि गरे ।
डिएसपी खनालको अनुसार हिस्कीमगरमाथि दुई जनाले खुकुरी प्रहार गरेका थिए ।

उनले भने,‘खुकुरी हानाहान भएको सत्य घटना सत्य हो, आक्रमणमा एक घाईते भएका छन् । घटनाबारे अनुसन्धान हुँदै छ ।’ उनले थपे,‘यद्यपी चुनावकै विषयमा खुकुरी हानाहान भएको भन्ने जानकारी मलाई छैन’।

खुकुरी प्रहार गर्ने दुई युवक फरार रहेको र उनीहरुको खोजी भईरहेको डिएसपी खनालले जनाए ।घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको छ ।चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गर्दा उनीहरुबीच वीपी चोकमा खुकुरी हानाहान भएको बताइएको छ ।