जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १७ लाई देशकै नमुना वार्ड बनाउछु पौडेल । ।

रमेश पोख्रेल / बैशाख २५, पोखरा ।                                                                                               पोखरा महानगर पालिका वार्ड न १७ माओवादी केन्द्र अध्यक्ष पदका उमेदवार ओम बहादुर पौडेलले शिक्षा ,स्वास्थ र भौतिक पुर्वाधारको क्षेत्रमा नमुना वार्ड बनाउने बताउनु भएको छ । जन्मभुमि खबर सङगको विशेष कुराकानीमा पौडेलले फेवाताल देखी पाउरहाउस र राममन्दिर देखि पुर्व तर्फको मुल नहरमा तार जालि लगाइ ब्यबस्थित बनाइने । बिरुवा फाटमा पोख्रेलि जेठोबुढो धान उत्पादन बढाउनका लागि धान जोन क्षेत्र बनाउने । बाकि रहेको बिरुवा फाटलाई तिन खेति उत्पादनमा उत्पादन परिमाणका आधारमा हात हातै अनुदानको ब्यबस्थापन गर्ने आफ्नो योजना रहेको बताउनु भएको छ । वार्ड न १७ मा माओवादी केन्द्र जनताका समस्या का बारेमा जानकार रहेकोे बताउदै पौडेलले भन्नुभयो ” छोरेपाटन देखि पार्दि खोला काउसेघारि- पाउर हाउस – ढुङगे साघु सम्म धार्मिक पर्यटकिय क्षेत्रको रूपमा बिकाश गरिने गरि काम गर्ने बताउनु भयो” । छरियर रहेकोे अव्यवस्थित सुकुम्बासीहरु लाई लालपुर्जा उपलब्ध गराइ शिक्षित गराइ वार्ड बासिको फ़ोहोर ब्यबस्थापनमा महानगर को भर नपरि वार्डबाट नै संकलनगरि फेवाताल होइन पोखराको वार्ड न १७ हेर्न र बस्न जाने गरि पोखरा जाने हो भनि काम गर्ने बताउनु भयो ।