जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की लेवाडे घटना : घाइते बाबुको पनि उपचारका क्रममा मृत्यु , कार चालक फरार

जन्मभुमि खबर ,
पोखरा ।

आइतबार बिहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका १ लेवाडेमा पोखरा-बागलुङ राजमार्गमा पोखराबाट पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा छोरीको मृत्यु भएको थियो भने बाबु गम्भीर घाइते भएका थिए ।

उक्त दुर्घटनामा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया सबिना पुनको मृत्यु भएको थियो भने उनका बाबु ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते भएका थिए । घाइते पुनको शरीरका विभिन्न भागमा चोटपटक लागेकाले तत्काल उपचारको लागि मेट्रोसिटि हस्पिटल पोखरामा लगिएको थियो । गम्भीर घाइते भएका पुनको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
फरार सवारी चालकलाई पक्राउ नगरेसम्म लास बुझ्न नमान्ने परिवारले बताएको छ । दुवै बाबु छोरीको लास मेट्रोसिटि हस्पिटल पोखरामा रहेको छ ।