जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उच्छृङखल क्रियाकलाप गरेको भन्दै अटेरी समुहका अभियन्ता अशोक खड्का पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

अटेरी समुहका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कास्कीले आईतबार पक्राउ गरेको छ ।
निर्वाचन आयोगले अटेरी समुहलाई दिएको चुनाव चिह्न लौरो फिर्ता लिदा रुष्ट बनेका समुहका सदस्यले शनिबार मुख्य निर्वाचन आयोगको कार्यालयमा नाराबाजी सहित विरोध जनाएका थिए । नाराबाजी गर्ने क्रममा उच्छृङखल क्रियाकलाप गरेको भनेर निर्वाचन सम्बन्धि कसुरमा खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।