जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेघ गर्जनसहित पहाडी भूभागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो ।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।