जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मतदाता बोकेको जीप दुर्घटना १४ जना मृत्यु , ११ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

स्याङ्जाको वालिङमा मतदाता बोकेर आएको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मतदाता लिएर वालिङतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको जीप वालिङ नगरपालिका–१४ मा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको स्याङजाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप सडकबाट तल खसेको बताइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको उक्त जीप दुर्घटना भएको थियो ।

प्रजिअ पौडेलको अनुसार दुर्घटनामा ११ जना गम्भीर घाइते भएका छन्। पोखराको सीएमसी मेडिकल कलेजमा ७ जना र वालिङमा ३ जना को उपचार जारी रहेकाे एसपी राजिव बहादुर बस्नेतले जानकारी गराउनुभएकाे छ । घार्ईतेहरुकाे संख्या बढि भएकाले मृतक संख्या बढ्न सक्ने एसपी बस्नेतले जानकारी दिनुभयाे ।

जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रजिअ पौडेलले बताए। जीप दुर्घटना भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए।