जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो 

हिजोदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको थासाङ-२  स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयले हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको बताए । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौँ।’

उनले आफूहरुले पाएको सूचनाअनुसार त्यहाँ हेलिकप्टर पठाइसकेको जानकारी दिए । तर, मौसम भने अझै खबर रहेको उनी बताउँछन् ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।