जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेस सेन्टर नेपाल महानगर कमिटीको भित्तेपात्रो बिमोचन l           

सूर्य सिकारु ।   बैशाख २७, पोखरा
आज बैशाख २७ गते ८ बजे बिहान प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटी द्धारा प्रकासित नया वर्ष२०७९ को भित्तेपात्रो एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी मावोबादी केन्द्रको पोखरा शिवालय चोक स्थित पार्टी कार्यलयमा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न भयो l नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य माननीय गण्डकी प्रदेश साम्सद तथा पार्टीका पोखरा महानगर इन्चार्ज दिपक कोईरालाको प्रमुख आथित्यतामा एक समारोहका बिच भित्तेपात्रो बिमोचन गरियो l भित्तेपात्रो बिमोचन कार्यक्रममा उपस्थितलाई सम्बोधन गर्दै प्रमुख अथिति कोईराला भन्छन् l प्रेस क्षेत्रमा बिशेष गरी श्रमजिबी पत्रकारहरु आन्दोलन र क्रान्तिको सुचक भयको धारणा राखे l प्रेस सेन्टर नेपाल महानगर कमिटी पोखराले आफ्ना बार्षिक गतिबिधि सहित नमुनाको रुपमा ऐतिहासिक भित्तेपात्रो प्रकासन गरी सार्बजनिक गरेर एउटा प्रसम्सनीय तथा नमुना काम गरेकोमा महानगर कमिटीबाट सबैले सिक्नुपर्ने बताए l अन्त्यमा सिङ्गो महानगर कमिटीलाई सफलताको सुभकामना सहित बधाई समेत दिए l
त्यस्तै अन्य अथितिहरुमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एबम् प्रदेश इन्चार्ज त्रिभुबन पौडेलले महानगर कमिटी पत्रकारिता क्षेत्रमै नमुना काम गर्दै अति सक्रियतापूर्वक लागेको र अवस्यक सहकार्य समन्वय गर्दै अगाडी बढ्ने बचन दिए l त्यस्तै नेपाल कम्युनिस्ट पार्टी मावोवादी केन्द्र पोखरा महानगर का अध्यक्ष हरिनारायण गिरी ‘बिज्ञान ‘ ले भित्तेपात्रो प्रकासन गर्न सफल सम्पूर्ण कमिटी परिवार लाई बधाई दिए l श्रमजिबी पत्रकार एकजुट एकढिक्का भएर आसन्न स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्न सुझाब समेत दिए l
अन्य उपस्थित अथितिहरुमा प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्यहरु माधब पनेरु,सन्देस श्रेष्ठ, चन्द्र बास्ताकोटी,प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे,प्रदेश सचिब सुनिल पाण्डे,माओबादी केन्द्र प्रदेश सदस्य कुलचन्द्र शर्मा,प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष कृष्ण दवाडी,कोषाध्यक्ष श्रीभद्र पौडेल लगायतको उपस्थिति थियो l
प्रेस सेन्टर नेपाल महानगर अध्यक्ष शिबराज बास्तकोटी ‘शिब दाई ‘ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थितलाई स्वागत मन्तब्य भित्तेपात्रो प्रकासन संयोजक तथा कोषाध्यक्ष सूर्य सिकारुले दिएका थिए भने कार्यक्रम संचालन सचिब हिमलाल पौडेलले गरेका थिए l