जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह, सशस्त्रमा राजु अर्याल

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । साथै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बनाउने निर्णय समेत गरिएको छ ।

आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजीपी नियुक्तिको निर्णय गरेको हो ।

सिंहलाई गत २०७८ चैत १७ मा सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको निर्णय गरेको थियो । उनीसँगै एआईजीमा बढुवा भएका रबिन्द्रबहादुर धानुक पनि आइजीपीको दौडमा थिए । साथै आइजी बन्ने होडमा विश्वराज पोखरेल लगायत समेत थिए । तर सबैलाई पछि पार्दै आईजीपीमा सिंहले नियुक्त पाउने भएका हुन् ।

उता सशस्त्रका आइजीपी अर्याल भने एक्ला दाबेदार थिए । अन्य एआइजीहरुले अवकाश पाएपछि उनी स्वाभाविक रुपले आइजीपीमा बढुवा भएका हुन् ।