जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।

उनका अनुसार अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज जोखिमा उडेको छ । मौसम सामान्य नै देखिएको रिर्पोटिङ आएको जानकारी दिए ।