जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभरको मौसम सामान्यतया बद्ली

काठमाण्डौ उपत्यकामा हल्का वर्षा भएको छ । आज दिउँसाेपछि पहाडी र तराईका जिल्लाका केही ठाउँमा मेघगर्जनसहित चट्याङ र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिमी बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रि मनसुन सक्रिय रहेकाले आज देशका धेरै ठाउँको मौसम सामान्यतया बद्ली नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार पश्चिमी क्षेत्रबाट बादल आउने क्रम नरोकिएकाले मौसम सामान्यतया बद्ली नै रहने छ । भोलि पनि देशका धेरै ठाउँको मौसम आँशिकदेखि सामान्य बद्ली रहने उहाँको भनाइ छ ।