जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभरको मौसम बदली भई वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामिनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भूभागमा एक- दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।