जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ९ जनामा कोरोना संक्रमण पुष्टि , थप १८ संक्रमित निको

नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। देशभर गरिएको ३ हजार ३ सय ३३ पीसीआर परीक्षणबाट ८ जना र ९ सय २२ एन्टीजेनबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १८ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २ सय ११ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।