जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । त्यसअघि, लगातार दोस्रो दिन सुनको मूल्य स्थिर थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।

हिजो सोमबार तोलामा १२ सय ८५ रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको मूल्य आज १२ सय ७० रुपैयाँ छ ।