जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रान्तिका प्रतीक इतिहासकार कवि तथा जनपक्षीय पत्रकार कृष्णसेन इच्छुको २०औ स्मृति दिवस दिप प्रजोलित गरि मनाईयो।।

शिव राज वस्ताकोटि (शिव दाई),पोखरा  ।                           क्रान्तिका प्रतीक इतिहासकार कवि तथा जनपक्षीय पत्रकार कृष्णसेन इच्छुको २०औ स्मृति दिवस हिजो देसै भर मनाइएको थियो ।
प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटिको निर्देसनमा देसैभर प्रदेस कमिटि जिल्ला कमिटि हरुले सबैठाउमा आ आफ्नै रचनात्मक ढङ्गले २० औ इच्छुक स्मृति दिवसको अवसरमा कार्यक्रको आयोजना गरेका थिए ।
सोहहि अनुसार कृष्ण सेन इच्छुक को २० औ स्मृति दिवसको अवसरमा नेपालमै पहिलो पटक स्थानपना सगै उदाएको प्रेस सेन्टर नेपाल महानगर कमिटि पोखराले आफ्नो पहिलो बर्ष पोखराको सहिद चोकमा रहेको सहिद स्मृति पार्कमा प्रमुख अतिथि नेकपा माओवादि केन्द्र केन्द्रीय सदस्य तथा माननीय सासद साथै महानगर कमिटी इन्चार्ज दिपक कोइराला को उपस्थितिमा दिप प्रज्ज्वलन तथा पुस्प अर्पण कार्यक्रम गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले ले आफू कृष्ण सेन इच्छुककै कविता लेख समाचार पढेकै कारण प्रभावित भएर आफू पनि कम्युनिष्ट आन्दोलनमा लागेको बताए । इच्छुकले देखाएको बाटो नछोड्न र जनपक्षिय पत्रकारिता गरि सिङ्गो समाजलाइ रुपान्तरण गर्ने शक्ति को रुपमा स्थापित हुन सम्पूर्ण श्रमजीवी पत्रकार हरुलाइ आग्रह गर्नु भयो ।
यसैगरी पत्रकार महासघ केन्द्रिय सदस्य माधव पनेरु माओवादि केन्द्र महानगर कमिटिका अध्यक्ष हरिनारायण गिरि विज्ञान लगाएतले इच्छुकले देखाएको बाटो नछाड्न अनुरोध गर्दै इच्छुको जिवनि बारे प्रकाश पारेका थिए ।
दिप प्रज्ज्वलन कार्यक्रममा गण्डकी विशेष अतिथि प्रदेस माननीय सासद बिनोद केसि तथा अतिथि महानगर कमिटि सचिव जनक पराजुली प्रेस सेन्टर गण्डकी प्रदेस वरिष्ठ उपाध्यक्ष घनस्याम पाण्डे, प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडि , प्रेस चौतारि उपाध्यक्ष मोतिशागर अधिकारी प्रेस सेन्टर कास्की उपाध्यक्ष दिननाथ वराल सचिव पुष्प दहाल प्रेस सेन्टर महानगर कमिटि उपाध्यक्ष सपना रसाइलि लगायत प्रस सेन्टर जिल्ला तथा महानगर कमिटिका सदस्य हरुको उपस्थिति रहेको थियोे भने २० औ कृष्णसेन स्मृति दिवस दिप प्रज्ज्वलन तथा पुष्प अर्पण कार्यक्रम प्रेस सेन्टर महानगर कमिटिका अध्यक्ष शिबराज बस्ताकोटि (शिवदाइ )को अध्यक्षतामा गरिएको कार्यक्रम प्रेस सेन्टर महानगर कमिटिका कोषाध्यक्ष सुर्य सिकारुले सचालन गरेका थिए ।