जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको लेवाडेमा कार र मोटरसाइकल ठाेक्किँदा एक जनाकाे मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा कार र मोटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा माेटरसाइकलमा सवार पर्वतकाे कुश्मा नगरपालिका ४ की १८ वर्षीया सविना पुनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते हुनुभएकाे छ । उहाँकाे पाेखराकाे मेट्राेसिटी अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरू बाबुछाेरी हुन् ।

नौडाँडाबाट पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकल र पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कार ठाेक्किएका थियाे ।