जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र साह (वालेन) उपमेयरमा नेकपा (एमाले) की सुनिता ढंगोल विजयी

निकै चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन) भारी मतका विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३,४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् ।

वालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३८ हजार ११७ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत, राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतका साथ विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठलाई ४४,८०६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । सुनिताले ६८ हजार ६१२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।

यसका साथै स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३,६९५ मत र राप्रपाकी विनिता मगैयाले १२,१४१ मत प्राप्त गरेकी छन् ।