जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा परिवर्तित समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।

परीक्षा बोर्डले यसअघि दिउँसो २ बजेदेखि परीक्षा समय तोकेको थियो ।

परीक्षा बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।