जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अवरुद्ध भएको पोखरा विमानस्थल पुन सन्चालनमा

जन्मभुमि खबर ,
पोखरा

तेलको ट्याङकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल खुलेको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहायताले उठाएसँगै बिहान ९ बजेपछि उडान–अवतरण शुरु भएको  विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो ।

आयल निगमको डिपोबाट बिहान जहाजमा तेल भर्न जाँदै गरेको ट्याङकर विमानस्थल परिसरभित्रको घाँसे मैदानमा पल्टिएको थियो ।  पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाज सञ्चालनमा आएका छन् ।