जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अटेरी अभियानका अशोक खड्का धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

चुनाव चिन्हको विषयमा निर्वाचन आयोग अगाडी प्रदर्शन गर्दा आचार संहिता उल्लंघन गरेको आरोपमा पक्राउ परेका अटेरी अभियानका अशोक खड्का धरौटीमा रिहा भएका छन् ।

खड्का ५ हजार ५५५ रुपैयाँ जरिवाना बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनी जिल्ला अदालत कास्कीको आदेशमा छुटेका हुन् ।

सुरुमा अटेरीले चुनाव चिन्ह लौरो पाएपनि पछि आयोगले उक्त चिन्ह दिन नसकिने धारणा राखेपछि अटेरीको समूह विरोधमा उत्रिएका थिए ।

सोही क्रममा खड्काले अभिव्यक्त गरेका भनाईमाथि आयोगले आपत्ति जनाउँदै पक्राउ आदेश दिएको थियो ।