जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लाहाचोकबाट पोखरा आउँदै कार मर्दी खोलामा खस्दा चार जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट पोखरा आउँदै गरेको कार आज विहान मर्दी खोलामा खस्दा चार जना घाइते भएका छन् ।

विहान अन्दाजी ७ः४५ बजेको समयमा माछापुच्छ्रे गाउँपालिका–४,लाहाचोकबाट पोखरा आउँदै गरेको ग ३ च ७५८७ नं को कार अनियन्त्रित भई सडक बाट करिब ७० फिट तल मर्दीखोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा लाहाचोक बस्ने वर्ष ७० का भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घाईते भएकामा दुई जनाको अवस्था गम्भिर प्रहरीले जनाएको छ । घाइते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।