जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजनितिक संरक्षणमा ठेकेदारको दादागिरी बाटो अलपत्र

पोखरा ।

राजनितिक संरक्षणमा ठेकेदारको दादागिरिले गर्दा पोखरा २१ फुस्रेखोला रामदी मटिखान देउराली सडक  निर्माण अलपत्र परेको छ ।

बटो निर्माण गर्ने भनि ठेक्का लिएको ६ बर्षमा पनि बाटो निर्माणको २५ % काम पनि पुरा हुन नसक्दा जनताले सास्ती भोग्दै आएका छन् । यस विषयमा वारम्वार ठेकेदार संग बाटो निर्माण ढिलासुस्तीका विषयमा जानकारी लिन खोज्दा मोबाईल नउठाउने र उठाएपनि बोल्न आनकानी गर्दै आएका छन् ।  यहि गएको चैत २८ गते भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका माननिय मन्त्री कुमार खडका , पुर्वाधार विकास कार्यलयमा सिडिई महेन्द्र बानियको रोहवरमा जनता माझ भएको भेलामा समेत १० दिन मा काम सुरु गर्ने भनि आश्वसान दिएका ठेकेदार हाल सम्म पनि सम्पर्कमा आएका छैनन्। पुर्वधार विकास कार्यलयका सिडिई  महेन्द्र बानियलाई यस विषयमा जवाफ लिन कार्यलयबाट बारम्बार सम्पर्क गर्दा कहि दिनमा सम्पर्कमा आउने भन्दै आएको जानकारी भएको छ । यस्तै गर्दै गएमा ठेकेदारको लाईसेन्स रद्द र ठेक्का क्यान्सिल गर्न भन्दा अरु विकल्प नभएको बताएका छन्।

“आफुहरुले बारम्बार ठेकेदारलाई बाटो निर्माण्मा किन ढिलासुस्ती भएको जनता आक्रोसित भएको जानकारी गराएको र आफुहरु पनि बारम्बार सम्पर्क गर्दा पनि बाटो हामी बनाएर छाडछौ भन्ने कुरा गर्दै टार्ने काम भएको बाटो निर्माण समितिका अध्यक्ष देवि बहादुर थापाले बताएका छन् । 

ठेकेदारको यस किसिमको व्यवहारले ठेकेदारलाई राजनितिक संरक्षण भएको आम जनमानसले भन्न थालेका छन् । यस ठेकेदारलाई राजनितिक संरक्षण रहेको छ । ठेकेदारको पैसाले राजनितिक पार्टिका व्यक्तिलाई पनि भाग पुगेकोले कुनै पनि नेता यस विषयमा कुरा गर्न नचाहेको देखिएको छ । केहि राजनितिक पार्टिका कार्यकर्ताले जनताले बाटो निर्माण नहुदाँ यस क्षेत्रबाट जितेर गएका नेतालाई ध्यान आकषर्णका लागि नेता ज्यु चुनावमा भोट माग्न आउँदा पिच बाटो बाट आउनु होला धुलो बाटो बाट आउदाँ तपाईको स्वास्थ्यमा समस्या आउला भनेर व्यानर राख्दा नेताका केहि चाकडि रुचाउनेले व्यानर च्यातेकोले पनि कतै तिनै नेताले ठेकेदारलाई संरक्षण गरेका छैन्न रामदी मटिखान देउराली सडक उपभोक्तले भनेका छन् । बाटो निर्माण मा ढिलासुस्ती गरेको र जनतालाई दिएको आश्वसन पुरा नभएको हुदाँ  स्वतन्त्र समाज सुुधार युवा शक्तिले भोलि यस विषयमा पुर्वाधार विकास कार्यलयमा जानकारी लिने र त्यस पछि ठेकेदारको फोटो हरेका क्षेत्रमा सार्वजनिक गर्ने र बाटो निर्माणको सुनिश्चितता नभय सम्म कुनै नेता र पार्टिलाई भोट माग्न नदिने र जबर्जस्ती गर्न खोजे  रामदी प्रा वि को वुथमा भोट हाल्ने कार्यक्रम विथोल्ने कार्यक्रम रहेको अभियानका संयोजक सुर्य पौडेलले बताएका छन् ।.