जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बलन (कृष्णचरित्र) जगेर्ना गर्न कृस्तिका युवा पुस्ता ।

पोखरा ।
मौलिक संस्कृति र पहिचान भोकको बालन (कृष्णचरित्र ) संरक्षण तथा जगेर्नाका लागि पोखरा २१ कृस्तिका जनताहरु लागि परेका छन् । बालन भगवान श्री कृष्णको जिवनआधारीत रहेको छ । नाटकमा भगवान श्री कृष्ण जन्म देखि कंसको मृत्यु सम्मको काहानी रहेको छ ।भगवान श्री कृष्ण कि आमा देवाकी र बाबु बसुदेवलाई कारगारमा रखेको ,पिडा दिएको दृश्य समेत यसमा देख्न सकिन्छ । यसलाई बालनमा ४२ जनाको सहभागिता रहेको छ ।यसलाई लोप हुन नदिन र संरक्षर गर्नेका लगि यसै कृस्तिका समाजसेवी खगराज आचार्य र विश्वबन्धु पोखरेलको नेतृत्वमा समिति निर्माण गरि नाटक निर्माण गरिएको छ । बालन संरक्षणमा पुराना तथा नयाँ पुस्ता लागि परेको र यसलाई बचाउन नयाँ पुस्ताले निकै चासो लिएर अगाडी आएको देख्दा आफुलाई निकै खुसी लागेको यस नाटक निर्माता तथा समाज सेवि बिश्वबन्धु पोखरेलले जनाउनु भएको छ । यसलाई यही २०७९ साल बैशाख १ गते पोखरा २१ कृस्तिको बहेलि हर्राबोटको खेल मैदानमा सार्वजनिक प्रदर्शन गरिने भएको छ ।