जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय

सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन् ।

देशमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिएको हो। पछिल्लो समय इन्धनको भाउ आकासिँदै जाँदा सरकारले खर्च कम गर्ने रणनीति लिएको हो ।

आइतवार र शनिबार दुई दिन बिदा दिँदा इन्धन खर्चबाट हुने अर्बौँ घाटा कम हुने तर्क सरकारको छ। यसअघि नै नेपाल आयल निगमले सरकारसँग शनिबार र आइतवार दुई दिन सरकारी विवाद दिने प्रस्ताव अघि सारेको थियो ।

सरकारले सरकारी कार्यालयहरुको समय पनि हेरफेर गरेको छ । जेठ १ गतेदेखि कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म हुने गरी कायम गरिएको छ।

हाललाई परीक्षणका रुपमा जेठ १ गतेदेखि लागु हुने गरी यो समय कायम गरिएको हो’, उनले भने, ‘सार्वजनिक बिदा पनि शनिबार र आइतवार दुई दिन दिने निर्णय भएको छ।’