जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेर्नुहोस आज तपाईको शुभ राशिफल

वि.सं. २०७८ चैत्र २९ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ अप्रिल १२ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४३, (चौलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, चन्द्रोदय : दिउँसो ०२:१२ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:४८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:३२ बजे, चैत्र शुक्लपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०२:४८ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्लेषा नक्षत्र, बिहान ०६:३१ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बिहान ०६:३१ बजेसम्म, त्यसपछि सिंह राशिमा, शूल योग, बिहान १०:१८ बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा वणिज करण दिउँसो ०२:२७ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपछि ०२:४८ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : सेतो (बिहान ०६:३१ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०६:३१ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १०:०७ सम्म, त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : श्री कामदा एकादशी व्रत, आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३० गते : भक्तपुरमा विश्वध्वजोत्थान, मूहुर्त : ब्रतबन्ध (उपनयन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कलशचक्र. ०१ गते : नववर्षारम्भ, वैशाख संक्रान्ति, टोखामा सपन तीर्थस्नान, खायुसन्हु, काठमाडौंमा चम्पादेवी मेला, सिराहामा सलहेस मेला, पूर्वी तराईमा सिरुवा पावैन (जुडशीतल पर्व) प्रारम्भ, भगवान् महावीर जयन्ती, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने वा रुद्राभिषेक मुहूर्त), कलशचक्र, ०२ गते : भक्तपुरमा महाकाली, महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुर ठिमी बालकुमारी यात्रा, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), गृहवास्तु जुरेको दिन, कलशचक्र (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बुद्धिकौशल तथा तपाईंको समझदारीले कमीकमजोरी हटाउन वा व्यवस्थापन पक्षमा सुधार ल्याउन मद्दत गर्नेछ । बारम्बार जिम्मेवारीलाई पूरा नगर्नाले मानसिक पीडा हुने वा आलोचना सुन्नुपर्ने हुन्छ । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अवसर त प्राप्त हुन्छ, तर पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्ने समय हो । अझ तपाईं घरबाहिर वा विदेशमा हुनुहुन्छ भने त बारम्बार घरायसी कुरा सम्झनाले मन कुँडिन सक्छ । कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । कठोर परिश्रम र कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै सानो प्रयासले रोकिएको आर्थिक स्रोतले गति समात्ने दिन हो । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने आज आत्मविश्वास बढ्नेछ, प्रयास गर्नुहोस् सफलता तपाईंको मुट्ठीमा हुनेछ । तपाईंभित्रको सामर्थ्य र रचनात्मकताले प्रस्फुटित हुने मौका पाउने छ । आफ्नो प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै धन र मान कमाउन सकिने छ । कार्यक्षेत्रमा परिवर्तनको धारणा आउन सक्छ, आयका मार्ग सुचारु गर्न र थप आयश्रोत बढाउन चिन्तन गर्ने समय छ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा सन्तोषको आभास हुनेछ । आजको दिन मानसिक तनाव र चिन्ता बढ्ने समय हो । शत्रु र प्रतिस्पर्द्धीको गतिविधिप्रति ध्यानकेन्द्रित हुनसक्छ । आम्दानीका मार्गहरू बढ्नेछन् र कुनै सरकारी वा राजनैतिक काम गर्न अनुकूल समय छ । तामा र रातो चिजबीजसँग सम्बद्ध कारोबारीले सफलता पाउने दिन हो । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।आजको दिन मानसिक तनाव र चिन्ता बढ्ने समय हो । शत्रु र प्रतिस्पर्द्धीको गतिविधिप्रति ध्यानकेन्द्रित हुनसक्छ । आम्दानीका मार्गहरू बढ्नेछन् र कुनै सरकारी वा राजनैतिक काम गर्न अनुकूल समय छ । तामा र रातो चिजबीजसँग सम्बद्ध कारोबारीले सफलता पाउने दिन हो । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मित्र र सहयोगीहरूले सहायता गर्नेछन् । व्यापार/व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने दिन छ । सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाति हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । आर्थिक पाटो बलियो छैन । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनुपर्ने हुन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

समाजसेवा र राजनीति गर्नेले मानसम्मान पाउनेछन् । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता पाइने छ । आत्मविश्वास र पराक्रममा बृद्धि हुनेछ । लाभमूलक काममा मनको आकर्षण रहनेछ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । कुनै व्यवहारिक वा प्राविधिक क्षेत्रको थप ज्ञान बटुल्ने मौका जुट्नेछ । परिश्रम गर्ने छात्रछात्राले अझ राम्रो परिणाम प्राप्त गर्नेछन् । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्ने समय हो । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । अल्छी गर्ने वा अकर्मण्य बन्ने होइन, प्रयास गर्ने समय हो । नियमित तथा दैनिक कामधन्दामा अरु दिनका तुलनामा आजको दिन केही हदमा राम्रो हुनेछ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा हुन्छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । आतिथ्यपूर्ण सम्मान मिल्नेछ । मित्रता वा भाइचाराको सम्बन्ध स्थापना हुने दिन हो, प्रेम र दाम्पत्य जीवनमा समेत सुमधुरताको प्राप्ति हुनेछ । आजको भाग्यबल ३५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज कार्यक्षेत्रमा अत्यन्त व्यस्त रहनुपर्ने समय छ, गरेको मिहिनेतको परिणाम पनि राम्रै हुन्छ, बेलुकीपख मन रोमान्टिक बन्नसक्छ । पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । शत्रु र प्रतिस्पर्द्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । शरीरमा ऊर्जा र जाँगर पलाउने समय हो, काममा एक्लै खट्नु परे पनि काम सम्पन्न हुनेछ, तर शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनु ठीक हुन्छ । सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्न सकिने छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं स: भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )