जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जाकाे डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको जिप दुर्घटना ४ जनाको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

स्याङ्जाकाे डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप दुर्घटनमा ४ जनाकाे ज्यान गएकाे छ । सडकबाट ५० मिटर जति तल खसेकाे जीपबाट अचेत अवस्थामा उद्दार गरिएका ४ जनाकै मृत्यु भएकाे स्याङ्जा प्रहरीले पुष्टी गरेकाे छ ।

मृतककाे सनाखत हुन बाँकी छ । घाइत मध्ये गम्भीर अवस्थाका एक जनालाई उपचारका लागि पाेखरा ल्याइदै छ भने अन्यकाे वालिङ मै उपचार भैरहेकेा छ ।

स्याङजाको वालिङमा जीप दुर्घटना भएको खबर छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन ।