जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

समीक्षा अधिकारीको भावुक स्टाटस : तिम्रो लागि सधैं म हार्न सक्छु

पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएर अदालतमा बयान फेरेकी नाबालिग गायिका लामो समयपछि सामाजिक सञ्जालमा झुल्किएकी छन् । फेसबुकमा कवितात्मक स्टाटस लेख्दै उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् ।

उनको स्टाटस हेर्दा पल शाहमाथि नै लक्ष्यित रहेको अनुमान गर्न सकिन्छ, जसलाई उनैले जाहेरी दिएर जेल पुर्‍याएकी थिइन् । पल पक्षले दबाब र प्रभावमा पारेर होस्टाइल बनाएपछि उनले अदालतमा बयान फेरेको विश्वास गरिएको छ ।

गायिकाले आफ्नो स्टाटसमा पललाई जिताउनका लागि आफू हार्न पनि सक्ने आशय व्यक्त गरेकी छन् । स्टाटससागै उनले भावुक मुद्राको तस्बिरसमेत शेयर गरेकी छन् ।