जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वालिङ दुर्घटनाका मृतकको पहिचान खुल्यो

वालिङ दुर्घटनाका ५ मृतकको पहिचान खुलेको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा आइतबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

वालिङ १२ का वीरबहादुर डाबा, हीरा डाबा, शर्मिला सारु, शर्मिलाका छोरा ७ वर्षका गौरव सारु र वालिङ १४ को पुलकुमारी कनौचेको उक्त दुर्घटनामा मृत्यु भएको स्थानीय बासिन्दासमेत रहेका पत्रकार प्रकाश डुम्रेले जनाएका छन् ।

दुर्घटनामा सिकिस्त घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागि पोखरा ल्याइएको छ । अरु घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । डाडाखर्कबाट वालिङतर्फ आउँदै गरको ग१ज ७३९९ नम्बरको जिप बिहान १० बजे अनियन्त्रित भई पल्टिएको हो । रासस