जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भुमाफियाको कब्जमा फोक्सिङ्गकोटको ९६ रोपनि जग्गा ।

पोखरा ।
पोखरा २१ फोक्सिङ्ग कोटका किसानका ९६ रोपनि जग्गा यसै क्षेत्रमा किसान भनिने भुमाफियाले कब्जामा परेका छन् ।आज भएको किसानका जग्गा फिर्ता ल्याउने संघर्ष समितिको भेलाले सो जग्गा विक्रि गर्ने नदिने भन्दै जग्गामा बोर्ड राखेका छन् । सो भेलामा पोखरा २१ का विविन्न राजनितिक पार्टीका व्यक्तिहरुको सहभागि रहेको थियो । भेलाका प्रमुख अतिथि   नेपाल कम्युनिष्ट  पार्टी  युवा  संगठनका कास्की  जिल्ला  इन्चार्ज  प्रमोद सिंहले आफनो पार्टी गरिब दुःखी र पिछडिएका वर्गको साथमा रहेको र यस बिषयमा पनि आफनो पार्टीले सकदो साथ दिने बताएका थिए । नेपालि कांग्रेस का वडा उपसभाति भोजराज पौडेल, राप्रपा का वडा अध्यक्ष खिम बहादुर ठकुरी , नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रतिनिधि ,माओवादी केन्द्रमा प्रतिनिधिले यस विषयमा आफनो पार्टीले सधै किसानलाई साथ दिने भनि आफना भनाइ राखेका थिए ।साथै यस विषयमा आफना पार्टीका प्रमुख पनि यस विषयमा जानकारी गराउने र किसानलाई आफनो हक पाउने वातावरण मिलाउने बताएका थिए ।
२०५७ भदौ २६ गते तातकालिन निर्मालपोखरी गा.वि.स, फोक्सिङ्गकोटमा रहेका जग्गा दाता किसान र विन प्राईभेट लिमिटेड बिच पोख्रेलथोकमा जैविक कृषि फर्म , रिसोर्ट र अन्तराष्टियस्तरको विद्यालय स्थापना गर्ने भनि त्रिपक्षीय समझौत भएको थियो ।
कम्पनीले आफनो काम गर्ने का लागि यस क्षेत्रका किसानको जग्गा खरिद गरेको थियो ।
सो जग्गा खरिद गर्दा यस कम्पनीको कामका लागि यसै क्षेत्रका व्यक्तिहरुलाई प्रथामिकता दिने ,पानिको व्यवस्था मिलाउने ,टेलिफोन सुविधा सशुल्क उपलब्ध गराई दिने सम्झौता गरेको थिए । साथै समझौता गरेका ५ बर्षमा पनि विन कम्पनीले काम अगाडि बढाउन नसकेमा लिएको जग्गा सम्बन्धित जग्गादातालाई फिर्ता गर्ने सम्झौता को बुदा नम्बर १४ मा प्रस्ट देखिएको छ ।
सम्झौतामा भएको कुरालाई सम्बन्धित कम्पनीले जग्गा फिर्ता दिन मन्जुरी भएको समयमा जग्गादाता मध्यमा ५ जानाले भुमाफियाको मिलेमतोमा पिडित किसानको जग्गा कब्जामा लिएका छन् । जग्गा कब्जमा लिने मा पुर्व शिक्षक ईन्द्र मणी आचार्य , स्वर्गिय रविन्द्र अधिकारीका स्वकिय सचिव राजेन्द्र आचार्य ,अधिवक्ता भुपराज पोख्रेल ,वरिष्ट इन्जिनियर टुकलाल अधिकारी र कृष्ण आचार्य रहेका छन् ।
विन कम्पनी का तातकालिन प्रमुख पृथ्वी श्रेष्ठसंग यस विषयमा बुझन खोज्दा जग्गादाता मध्य ५ जना व्यक्तिरु अन्य जग्गादाताको नागरिकता लिएर आएको र यो जग्गा हाम्रो नाममा नामसारि गरिदिन किसान मन्जुरी भएका भनि नाम सारि गर्न सफल भएका थिए र कम्पनीमा पनि शेयर राख्न सफल भएको उनले बताएका छन् । यस विषयले गर्दा पिडित किसानरुले सो जग्गा कसैलाई पनि बिक्रि गर्न नदिने भन्दै अझै आनदोलनलाई अझै थप शसक्त बनाउदै लाने भएका छन् । जग्गा फिर्ता ल्याउन बनाईएको संघर्ष समितिले जग्गा फिर्ता ल्याउन भुमाफियको भण्डाफोर कार्यक्रम टोल,वडा र सहर केन्द्रित गदै लगिने संघर्ष समितिले बताएको छ । भण्डाफोर कार्यक्रममा जग्गा कब्जा गर्ने व्यक्तिहरुको नाम, फोटो र पिडित किसानलाई दिएको दुःखको समेत प्रदशनि गर्ने भएका छन् ।