जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २२ स्थित पुम्दी भुम्दीमा रहेको पुम्दीकोटमा यहि वैशाख ४ बाट महायज्ञ संचालन गरिदैं।

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित पुम्दी भुम्दीमा रहेको पुम्दीकोटमा यहि वैशाख ४ आइतबार देखि  महायज्ञको सुरू हिने   भएको छ । महायज्ञको बारेमा शुक्रबार पत्रकार सम्मेलन गरी वैशाख १२ गतेसम्म संचालन हुने महायज्ञको तयारी पुरा भएको पुम्दीकोट विकास समितिले जानकारी दिएको छ ।
पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजनामा करिब २० करोड सकिदा पनि करिब ५० प्रतिशत काम अझै बाँकी छ ।महायज्ञ  ९ दीन चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानी गर्नको लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएकोे उनले बताए । महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने अनुमान गरीएको छ ।
परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए ।
महायज्ञ को मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ ।
पर्यटन प्रबद्र्धनको लागि पुम्दीकोट बिशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्दि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको  मुख्यबजारबाट महोत्सव स्थलसम्म जान आउनको लागि निशुल्क बस सेवाको व्यबस्था गरिएको अध्यक्ष बरालले बताए । उक्त बिशाल महादेवको मुर्तिको औपचारिक उद्घाटन विना हिजोआज दैनिक जसो ५ सय पर्यटकहरु जना थालेको समितिले जनाएको छ । बिशाल महादेवको मुर्ति अवलोकनको लागि औपचारिक उद्घाटन पश्चात मात्र प्रशासनको समन्वयमा निश्चित शुल्कः निर्धारण गरिने भएको समितिले तयारी गरेको छ ।