जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका वडा नम्बर–२१ को वडाध्यक्षमा ६ पार्टीका उम्मेदवारहरुले उम्मेदवारी

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर–२१ को वडाध्यक्षमा ६ पार्टीका उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि एमालेका दीपकप्रसाद सुबेदी, कांग्रेका दीपेन्द्रराज आचार्य, माओवादी केन्द्रका निर्मलबहादुर अधिकारी क्षेत्री, नेकपा एसका पूर्णबहादुर थापा, राप्रपाका भीमबहादुर शाही र राष्ट्रिय नागरिक पार्टीका लक्ष्मण सुनारले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यमा एमालेका कृष्णबहादुर थापा र झपटबहादुर रानाभाट, कांग्रेसका लालबहादुर ठकुरी र नरबहादुर रानामगर, माओवादी केन्द्रका लोकमाया थापा र युवराज आचार्य, नेकपा एसका खमबहादुर गुरुङ र नारायणबहादुर केसी, राप्रपाका लालबहादुर थापा र लक्ष्मणप्रसाद आचार्य, राष्ट्रिय नागरिक पार्टीका विष्णुबहादुर थापा र प्रदीप सुनारले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी बिमला केसी, कांग्रेसकी दुर्गा थापा, माओवादी केन्द्रकी देवीमाया अधिकारी, नेकपा एसकी सीता पौडेल, राप्रपाकी सरस्वती दर्जी र राष्ट्रिय नागरिक पार्टीकी तुलकुमारी थापा मगरले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी सीतादेवी विक, कांग्रेसकी मञ्जु विक, माओवादी केन्द्रकी राममाया नेपाली, नेकपा एसकी शान्ती परियार र राष्ट्रिय नागरिक पार्टीकी नारायणी परियारले उम्मेदवारी दिएका छन् ।