जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका राष्ट्रबैंक चोकमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैंक चोकस्थित सविता कोइरालाको घरमा आगलागी भएको हो । कास्की प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो ।

सो आगलागीमा परी सशस्त्र प्रहरी गण पोखरामा कार्यरत राजेन्द्र ठाकुरको लत्ता कपडा र गरगहना गरि पाँच लाख, रमाकान्त ठाकुरको तीन लाख ९० हजार रुपैयाँ, सोही घरमा रहेको अविन्द्र जैसवालको किङ्ग जुस पसलमा दुई लाख ५० हजार रुपैयाँ, प्रहरी हवल्दार प्रेम सुनारको एक लाख ६० हजार गरि करिब ९ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान १० बजे शुरु भएको आगलागी करिब एक घण्टामा प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।