जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरको मेयर बन्न कांग्रेसमा मन्त्री सहित १८ जनाको आवेदन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्न बहालवाला मन्त्रीसहित १८ जना इच्छुक देखिएका छन् । महानगर समितिले ४ गते ४ बजेभित्र तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ताका लागि आइतबार सूचना निकालेका थियो ।

पार्टी नगर समिति सचिवालयमा आइतबार गण्डकी प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले तोकिएको ढाँचामा उम्मेदवारी दिएका हुन् ।

पोखरा महानगरको मेयरको उम्मेदवारका लागि आवेदन दिनेहरुमा सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिर, ऋषि सापकोटा, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी र बाबुराम आचार्य रहेका छन् ।

त्यस्तै पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएका छन् । उपप्रमुखको उम्मेदवारका लागि आवेदन दिनेहरुमा रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी, गोविन्द नेपाली, माया बराल कार्की क्षेत्री र लक्ष्मी पाण्डे क्षेत्री रहेका छन् ।