जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि , १८ जना संक्रमण मुक्त

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८८२ पीसीआर परीक्षणका क्रममा १५ जना र ९ सय ९३ एन्टिजेन परीक्षणका क्रममा कुनैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् । हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।