जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना १ जनाको मृत्यु , २८ जना घाइते

तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ भने २८ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एकजनाको मृत्‍यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

उनले भने, ‘बेनीमा तीर्थ यात्री बोकैको बस दुर्घटना भएको छ। एकजनाको स्कुटर चालकको बसको ठक्करबाट मृत्‍यु भएको छ भने २८ जना घाइते भएका छन्। उहाँहरुको उपचार भइरहेको छ।’