जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तरलता व्यवस्थापन सम्बन्धी कोप्सद्वारा अन्र्तक्रिया कार्यक्रम

डिल्लीराम बराल। पोखरा, चैत्र १९
को–अपरेटिभ प्रेसिडेन्ट सोसाईटी (कोप्स सेन्टर) को आयोजना तथा कोप्स कास्कीको व्यवस्थापनमा ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापन, सहकारीका समस्या, चुनौती र सम्भावना विषयक एक दिने अन्र्तक्रिया कार्यक्रममा कास्कीमा रहेका प्रारम्भिक सहकारी संस्थाका संचालकहरु सहभागी रहेको अन्र्तक्रिया कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश अर्थ मन्त्री रामजी बराल (जीवन) ले देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अबका सहकारीहरुले उत्पादनमा वृद्धि, रोजगारीको सृजना, उद्यमताको विकास, आयातलाई प्रतिस्थापन र निर्यातलाई प्रवद्र्धन गर्ने गरि संचालकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत बरालले गण्डकी प्रदेश सरकारले सहकारी, निजि र साझेदारी मोडललाई महत्व दिदैं समृद्धि प्रदेश निर्माणका लागि आफु तयार रहेको कुरा उल्लेख गरे । उक्त अन्र्तक्रियामा आस्था बचत तथा ऋण सहकारी संस्था लि. प्रमुख नारायण प्रसाद आचार्य तथा सहकारी दर्ता अधिकारी अनिल कार्कीले सहजीकरणको भूमिका प्रवाह गर्नुभएको थियो । उक्त कार्यक्रमको उद्घाटन शत्रमा कोप्स सेन्टरका संस्थापक अध्यक्ष डिल्लीराम बराल, जिल्ला सहकारी संघ कास्की सदस्य चन्द्रा पराजुली, पोखरा महानगर सहकारी संघका अध्यक्ष बलराम गौतम, जिल्ला बचत संघ कास्की लेखा संयोजक तारानाथ पौडेल, को–अपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष अपिल कोइराला, पोखरा महानगरपालिका सहकारी दर्ता अधिकारी अनिल कार्की, कोप्सका उद्योग विभाग प्रमुख पार्वती पनेरु, आर्थिक विभाग संयोजक सविन जि.सी.ले कोप्सले गरेका सृजनात्मक गतिविधिहरुको खुलेर प्रशंसा गरेका थिए । उक्त कार्यक्रमको स्वागत मन्तव्य कोप्स कास्कीका संचालक गोविन्द प्रसाद घिमिरे, सात सिद्धान्त वाचन चन्द्र विक्रम अधिकारीले गर्नुभएको थियो । उक्त अन्र्तक्रियाबाट सात बुँदे प्रतिवद्धता समेत व्यक्त गरिएको कोप्स संस्थापक अध्यक्ष डिल्लीरामले जानकारी दिनुभयो । उक्त सात बुँदे घोषणामा तरलता व्यवस्थापनका उच्चतम उपायहरु अवलम्बन गर्दै प्रत्येक सहकारी संस्थाहरुको हितका लागि कार्य गर्ने, सहकारी समस्या र चुनौतीहरुसँग जुध्नु हामी सबै सहकारीकर्मीहरुको अभिभारा हो भने उत्पन्न समस्याहरुलाई बुद्धिमतापूर्ण तवरले हल गर्न हामी सबै संचालन दृढ रहेका छौं । सहकारी मार्फत उत्पादनशील कार्यहरुको खोज, अनुसन्धान गरि सम्पूर्ण सम्भावनाहरुको कार्यान्वयनमा विशेष जोड दिई कोप्सले संचालन गरेका विविध गतिविधिहरुमा सक्रियताका साथ सहभागी जनाउने र सिकेका सिकाई उपलब्धीहरुलाई संस्थागत गर्ने । सहकारीका समस्या समाधान गर्नका लागि प्रभावकारी समूह निर्माण, सञ्चार र समन्वय गरि प्रत्येक प्रारम्भिक सहकारी संस्थामा उत्पादन फोर्स निर्माण गर्ने, वर्तमान अवस्थामा देखिएको तरलता व्यवस्थापनका लागि अन्तर सहकारी कारोबार, अधिकतम प्रविधिको प्रयोग गरि सहकारी शिक्षालाई विद्यालय तथा विश्वविद्यालय तहसम्म पु¥याउँदै लैजाने साथै यस वर्ष भित्र सहकारी मार्फत कृषि र पर्यटनलाई जोड दिई एक मोडल सहकारी ग्राम निर्माण गर्ने, सहकारीकै माध्यमबाट कोप्स रेमिट, कोप्स इन्स्योरेन्सका लागि वृहत साझेदारीको उत्पादन मोडलमा अगाडी बढ्ने । उक्त कार्यक्रमको अध्यक्षता धर्मराज अर्याल तथा कार्यक्रम संचालन सचिव दिपकराज घिमिरे गर्नुभएको थियो ।