जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चुनावी गठबन्धनकाविरुद्ध नेपाली कांग्रेसका कार्यकर्ता विरोधमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा चुनावी गठबन्धनकाविरुद्ध नेपाली कांग्रेसका कार्यकर्ता विरोधमा उत्रिएका छन्। पाँच दलबीच वडास्तरसम्म गठबन्धन गरेर निर्वाचनमा जाँनका लागि दलहरुले आज फेरी छलफल चलाएपछि चुनावी तालमेल विरुद्ध वडास्तरका नेता कार्यकता विरोधमा उत्रिएका हुन् ।

गठबन्धनबीच महानगरका ३३ वडा मध्ये केहीमा साझेदार दललाई छाड्ने निर्णयकाविरुद्ध पोखरामा गठबन्धन दलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

सुरुदेखिनै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णय गरेसँगै कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् ।

गठबन्धन दलबीच पोखराका १८ र २४ नम्बर वडा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि असन्तुष्टि जनाउँदै कार्यक्रमस्थलमा नेताकार्यकर्ताले नाराबाजी गरेका हुन्।

कांग्रेसले ति वडाहरुमा एक्लै चुनाव जित्ने अवस्था हुदाहुदै गठबन्धनका नाममा अन्य दललाई सुम्पन लागेको भन्दै कार्यकता विरोधमा उत्रिएका हुन। उनीहरुले गठबन्धन चाहिँदैन, दलाली नेता चाहिँदैन, घुस्याहा नेता चाहिँदैन, लगायत नारा लगाएका छन्।