जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कांग्रेस कार्यकर्ताद्वारा गण्डकी कार्यालयमा तोडफोड , २३ जना कांग्रेस कार्यकर्ता पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेशकाे कार्यालय ताेडफाेडमा संलग्न भएकाे अभियाेगमा नेपाली कांग्रेस कै २३ जना पार्टी कार्यकर्ता पक्राउ परेका छन् ।

कार्यालयमा नाराबाजी गर्दै पुगेका कार्यकर्ता ताेडफाेडमा उत्रिएपछि कास्की प्रहरीले उनीहरुलाई गिरफ्तार गरेकाे हाे । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कास्की परिसर मै राखिएकाे कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले समाधानलाई बताए ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुले गण्डकी पार्टी कार्यालय तोडफोड गरेका छन् । स्थानीय चुनावमा सत्ता गठबन्धन गरेका भन्दै पोखरा महानगरपालिका १८ र २४ का कांग्रेसका कार्यकर्ताहरुले प्रदेश पार्टी कार्यालय तोडफोट गरेको नेपाल कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले बताए ।

उनका अनुसार तोडफोडमा उत्रिएका कार्यकर्ताहरुले ठूलो क्षति नपु¥याएपनि कुर्ची र टेवल झाच्ने काम भएको जानकारी दिए । ‘स्थानीय चुनावमा दुवै वडाबाट उम्मेदवरी मनोनयन गरिसकेका वडाका कांग्रेस नेतालाई पार्टीले उम्मेदावरी फिर्ता गरेर सत्ता गठबन्धनका दलसँग मिलेर जानुपर्ने भएपछि तोडफोडमा उत्रिएका हुन्,’ उनले भने ।

तोडफोडमा उत्रिएका कांग्रेस कार्यकताहले गठबन्धन बिनै चुनाव जित्न आधार भएकाले एक्लाएक्लै चुनावमा जानुपर्ने बताउँदै आन्दाेलमा उत्रिएका हुन् । बिहीबार नै सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रममा विरोधमा उत्रिएका थिए । उनीहरुले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा कालोमोसो दल्ने धम्की दिएका थिए । रासस