जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आमाछाेराले एकैसाथ पर्खालबाट हाम फाले : आमाकाे ज्यान गयाे, छाेरा घाइते

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित कमेरेटारमा पर्खालबाट हाम फालेका आमाछोरा मध्ये आमाको ज्यान गएको छ।

गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका-९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षीया मनमाया तिमल्सिनाको मृत्यु भएको हो।

पर्खालबाट हामफालेका मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएका छन्। मातुरामको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आमाछोरा डिप्रेशनका बिरामी भएको बताइएको छ।

उनीहरूले लेखेर छाडेको सुसाइड नोट घटनास्थलमा भेटिएको छ। नोटमा मानसिक र शारीरिक रुपले अशक्त हुँदा आफूहरू यो निर्णयमा पुगेको उल्लेख छ।