जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखी देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु

जन्मभुमि खबर ,
पोखरा ।

शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।

म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, शरीर कमजोर हुँदै जाने जस्ता समस्या निम्तिन्छ ।

टाइफाइडले विशेषगरी गर्मी महिनामा बढी सताउने गर्छ । दूषित पानी र प्रदूषित खाद्य पदार्थको प्रयोगले यो रोग लाग्ने गर्छ । टाइफाइड जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्ने भएपनि १५ वर्ष मुनिका बालबालिकामा यसको संक्रमण दर बढी देखिएको छ । त्यसैले खोप पनि विशेषगरी यही समूहका मान्छेलाई धेरै लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो ।