जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

असार मसान्तसम्म १० प्रकारका सामानको आयातमा प्रतिबन्ध

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले असार मसान्तसम्म १० प्रकारका सामानको आयातमा प्रतिबन्ध लगाएको छ। सरकारको निर्णय अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तसम्म आयात गर्न नपाउने सूची सार्वजनिक गरेको हो ।

सूचीमा महँगा गाडिदेखी  लिएर जङक फुडहरू समेत छन्। सरकारले राजपत्र सूचना जारी गरेकाले अब मोबाइल, घडी, महँगा मोटरसाइकल, गाडी, तयारी खानेकुरा, मदिरा  नेपालमा ल्याउन रोक लागेका छन्।

सूचनामा वैशाख १३ भन्दा अगाडि नै बुकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिएकाको हकमा भने सामान ल्याउन नरोकिने उल्लेख छ। कूटनीतिक नियोगको हकमा पनि व्यक्तिगत प्रयोजनमा यस्ता सामान ल्याउन पाउने उल्लेख छ।

सरकारले रोकेको १० सामान

१. कुरकुरे, कुरकुरे, लेज र यस्तै उत्पादनहरू

२. सबै प्रकारका मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. मोबाइल सेट

६. रङ्गिन टेलिभिजन (३२ इन्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शव वाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास